• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    आईटी क्षेत्रमा भविष्य खोज्ने विद्यार्थीका लागि वेस्टर्न मेगा कलेजको ‘Tech Future 2026’ सेमिनार

    • lumbinisanjal
    • २०८३ असार २१, आईतवार १७:३४
    1K
    SHARES
    आईटी क्षेत्रमा भविष्य खोज्ने विद्यार्थीका लागि वेस्टर्न मेगा कलेजको ‘Tech Future 2026’ सेमिनार

    बुटवल । बुटवल–१५, ढवाहास्थित वेस्टर्न मेगा कलेजले सूचना प्रविधि क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘Tech Future 2026: IT Seminar & Career Counseling’ कार्यक्रम सम्पन्न गरेको छ।

    कक्षा १२ को परीक्षा सकेर उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीलाई सूचना प्रविधिको बदलिँदो विश्व, रोजगारीका अवसर र करियर योजनाबारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

    सेमिनारमा Name IT का प्रबन्ध निर्देशक तथा एआई/एमएल इन्जिनियर अमृत रानाभाट ले Python, Data Science, Artificial Intelligence (AI) तथा कक्षा १२ पछिको करियर रोडम्यापबारे व्यवहारिक र प्रेरणादायी प्रस्तुति दिनुभएको थियो। उहाँले सूचना प्रविधि क्षेत्रमा विश्वव्यापी रूपमा बढ्दै गएको अवसरको सदुपयोग गर्न अहिलेबाटै आवश्यक सीप विकासमा जोड दिनुपर्ने बताउनुभयो।

    कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र उद्योगको मागअनुसार बनाउन कलेज निरन्तर लागिरहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई प्रतिस्पर्धी, दक्ष र आत्मविश्वासी जनशक्ति बनाउने उद्देश्यले यस्ता करियरमूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

    कार्यक्रमको संयोजन बीआईटी संयोजक कृष्ण श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन प्रशासनिक कर्मचारी एलिजा बज्राचार्य ले गर्नुभएको थियो। वेस्टर्न मेगा कलेजमा स्नातक तहमा BIT र BHM तथा स्नातकोत्तर तहमा MBA कार्यक्रम सञ्चालनमा छन्।

    शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला भइसकेको र छात्रवृत्तिको समेत व्यवस्था रहेकाले सूचना प्रविधि तथा होटल व्यवस्थापन क्षेत्रमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई कलेज भ्रमण गरी थप जानकारी लिन कलेजले आग्रह गरेको छ।



    lumbinisanjal   
  • २०८३ असार २१, आईतवार १७:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP