• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रक्तदानबाट जीवन बचाउने सन्देश दिँदै वेस्टर्न मेगा कलेजमा ६५ पिन्ट रगत संकलन

    • lumbinisanjal
    • २०८३ असार ३, बुधबार १७:५२
    1K
    SHARES
    रक्तदानबाट जीवन बचाउने सन्देश दिँदै वेस्टर्न मेगा कलेजमा ६५ पिन्ट रगत संकलन

    बुटवल, ३ असार । “रक्तदान–जीवनदान, महादान” भन्ने मूल नारासहित बुटवलस्थित वेस्टर्न मेगा कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

    लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका वडा नम्बर १५, ढवाहामा रहेको कलेजले गर्मीयाममा डेंगु, मलेरिया लगायतका रोगका कारण बढ्दो रगत अभावलाई मध्यनजर गर्दै बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो।

    कलेजका प्राचार्य अधिवक्ता किसु शर्माका अनुसार शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरिएको हो।

    कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको जनाइएको छ।

    कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश खाम्चा तथा रक्तदान कार्यक्रम संयोजक उषा खरेलको संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष मेघनाथ पन्थसहित सञ्चालक समिति, शिक्षक तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

    वेस्टर्न मेगा कलेजमा स्नातक तहमा चारवर्षे BIT र BHM तथा स्नातकोत्तर तहमा दुईवर्षे MBA कार्यक्रम सञ्चालनमा रहेका छन्। कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला भएको जानकारी पनि दिएको छ।



    lumbinisanjal   
  • २०८३ असार ३, बुधबार १७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP