• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026
  • Dark Mode

          Subscribe

    युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

    • lumbinisanjal
    • २०८१ फाल्गुन १५, बिहीबार ०४:१९
    2.7K
    SHARES
    युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

    एजेन्सी , १५ फाल्गुन वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू)बाट आउने सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। उनले यसको तत्काल घोषणा गर्ने दाबी गरेका छन्। ‘यो २५ प्रतिशत हुनेछ। यसमा कारलगायत अन्य सबै सामान समेटिने छन्,’ ट्रम्पले भनेका छन्। ट्रम्पले २७ राष्ट्रको सो ब्लकले अमेरिकामा निर्माण गरिएका कार तथा अन्य कृषि उत्पादनलाई स्वीकार नगरेको तथा अमेरिकाले ती सबैलाई स्वीकार गरेकोसमेत बताएका छन्।

    अहिले युरोपियन मुलुकले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसुल लगाएका छन्। यो अमेरिकाले यसअघि युरोपबाट जाने यात्रु बाहक कारमा लगाएको भन्दा चार गुणा बढी हो।

    अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गरेपछि ईयू र नाटो प्रतिको अभिव्यक्तिमा फरक देखिएको छ। त्यसपछि ट्रम्पले युद्ध अन्त्यको कुरा गर्दै गर्दा युक्रेन र ईयू कतै ट्रम्प–पुटिनको पक्षमा रहँदै रुसले युद्धको क्रममा कब्जा गरेको भूमि उसैलाई दिने पक्षमा त रहने होइनन् भन्ने त्रास बढेको छ। जर्मनीमा चान्सलर बन्ने क्रममा रहेका फ्रेडरिक मर्जले अमेरिकाबाट सचेत रहनुपर्ने अभिव्यक्ति दिइसकेका छन्।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १५, बिहीबार ०४:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP