• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवल–तिलोत्तमाका युवाद्वारा सरसफाइ अभियान, सेना र प्रहरीको साथ

    • lumbinisanjal
    • २०८३ जेष्ठ ९, शनिबार १९:२५
    871
    SHARES
    बुटवल–तिलोत्तमाका युवाद्वारा सरसफाइ अभियान, सेना र प्रहरीको साथ

    बुटवल,९ जेठ । बुटवलको गौशाला अगाडि रहेको पोखरी क्षेत्र, चरङ्गेको जंगल तथा शिवनगरको जंगल आसपासमा संयुक्त सरसफाइ अभियान सञ्चालन गरिएको छ।

    बुटवल र तिलोत्तमाका युवाहरूको सक्रिय सहभागितामा सम्पन्न अभियानमा नेपाल आर्मी र नेपाल प्रहरीको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण, क्यानाल तथा आसपासका क्षेत्र सफा राख्ने उद्देश्यसहित सरसफाइ गरेका हुन्।

    हरेक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको उक्त अभियानलाई आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाइने अभियानकर्ताहरूले बताएका छन्। अभियानमा संलग्न युवाहरूले यो केवल सरसफाइ कार्यक्रम मात्र नभई वातावरण, कृषि तथा भविष्यप्रतिको जिम्मेवारी भएको युवा समाजसेवी भरत जंग क्षेत्रीले बताए ।

    अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, सहयोगी तथा सहभागीहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेका छन्। “सफा क्यानाल, सुरक्षित भविष्य” भन्ने नारासहित नियमित अभियान सञ्चालन हुँदै आएको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ९, शनिबार १९:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP