• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नासा सेक्युरिटिजको ‘नासा एक्स’ अब ‘नासा एक्स सेल्फ सर्भिस एप’

    • lumbinisanjal
    • २०८३ जेष्ठ ८, शुक्रबार ०९:१७
    351
    SHARES
    नासा सेक्युरिटिजको ‘नासा एक्स’ अब ‘नासा एक्स सेल्फ सर्भिस एप’

    काठमाडौं,८ जेठ । नेपालको पूँजी बजारमा विश्वासिलो ब्रोकरका रूपमा चिनिएको नासा सेक्युरिटिजले आफ्नो डिजिटल ट्रेडिङ प्लेटफर्मलाई थप परिष्कृत गर्दै ‘नासा एक्स सेल्फ सर्भिस एप’ को रुपमा सार्वजनिक गरेको छ।

    आधुनिक लगानीकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै यस एपलाई अझ स्मार्ट, छिटो र सुरक्षित बनाइएको कम्पनीले जनाएको छ । डिजिटल रूपान्तरण र लगानीकर्ताको सशक्तीकरणलाई प्राथमिकता दिँदै अपग्रेड गरिएको यस एपमा नयाँ ‘युजर इन्टरफेस’ (UI), ‘बायोमेट्रिक लगइन’, ‘एएमओ अर्डर’, ‘टिकट जेनेरेसन’, ‘हिटम्याप्स’ र ‘मोबाइल चार्टिङ’ जस्ता सुविधाहरू थपिएका छन् ।

    कम्पनीका अनुसार यस्ता छन् नयाँ एपका मुख्य विशेषताहरू

    १. नयाँ युजर इन्टरफेस

    nabil
    एपलाई अझ आधुनिक र प्रयोगकर्ता मैत्री बनाउन नयाँ ‘युजर इन्टरफेस’ (UI) तयार पारिएको छ। यसले एप चलाउने अनुभवलाई छिटो र सहज बनाउनुका साथै लगानीकर्ताले न्यून चरणमै आफूले चाहेको सुविधा प्रयोग गर्न सक्नेछन् ।

    २. बायोमेट्रिक लगइन (Biometric Login):

    सुरक्षालाई थप मजबुत बनाउन एपमा ‘बायोमेट्रिक अथेन्टिकेसन’ (Biometric Authentication) सुविधा थपिएको छ । अब प्रयोगकर्ताले आफ्नो औँठाको छाप (Fingerprint) वा अनुहार (Face Unlock) मार्फत सिधै लगइन गर्न सक्नेछन्। यसले पटक–पटक पासवर्ड हाल्नुपर्ने झन्झट हटाउनुका साथै खातालाई थप सुरक्षित बनाउनेछ ।

    ३. आफ्टर मार्केट अर्डर (AMO):

    नयाँ एपको सबैभन्दा महत्त्वपूर्ण सुविधा ‘आफ्टर मार्केट अर्डर’ (AMO) हो । यस सुविधामार्फत लगानीकर्ताले सेयर बजार बन्द भएको समयमा पनि सेयर खरिद वा बिक्रीको आदेश (Order) राख्न सक्नेछन् । यो सुविधा विशेष गरी कार्यव्यस्तताका कारण बजार खुलेको समयमा समय दिन नसक्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निकै उपयोगी हुनेछ ।

    ४. टिकट जेनेरेसन (Ticket Generation):

    ग्राहक सेवालाई थप प्रभावकारी बनाउन एपमै ‘टिकट जेनेरेसन’ प्रणाली जोडिएको छ । यदि प्रयोगकर्तालाई खाता, कारोबार वा प्राविधिक समस्या परेमा सिधै एपबाटै ‘टिकट’ खडा गरी आफ्नो गुनासो टिपाउन सक्नेछन्। यसले समस्याको समाधान कहिले र कसरी भयो भन्ने कुराको जानकारी (Tracking) राख्न सजिलो बनाउँछ।

    ५. हिटम्याप्स (Heatmaps):

    बजारको समग्र अवस्थालाई एकै नजरमा बुझ्नका लागि ‘हिटम्याप्स’ (Heatmaps) सुविधा थपिएको छ । यसले रङको माध्यमबाट कुन क्षेत्रको शेयर मूल्य बढिरहेको छ र कुन घटिरहेको छ भन्ने कुराको दृश्य चित्रण गर्दछ । यसले प्राविधिक ज्ञान कम भएका लगानीकर्तालाई पनि बजारको प्रवृत्ति (Market Sentiment) बुझ्न सहयोग पुर्‍याउँछ।

    ६. मोबाइल चार्टिङ टुल्स (Mobile Charting Tools):

    गहिरो विश्लेषण गर्न चाहने लगानीकर्ताका लागि एपमै अत्याधुनिक ‘चार्टिङ टुल्स’ उपलब्ध गराइएको छ । अब कम्प्युटरको सहायता बिना नै मोबाइलबाटै मूल्यको उतारचढाव र विभिन्न संकेतहरूको प्राविधिक विश्लेषण (Technical Analysis) गर्न सहज हुनेछ ।

    यो एप हाल एन्ड्रोइड र आईओएस (iOS) दुवै मोबाइल उपकरणमा उपलब्ध छ । नासा सेक्युरिटिजका पुराना प्रयोगकर्तालाई नयाँ सुविधाहरू प्रयोग गर्न एप अपडेट गर्न आग्रह गरिएको छ भने नयाँ लगानीकर्ताले कम्पनीको ‘सेल्फ सर्भिस प्लेटफर्म’ मार्फत दर्ता भई कारोबार सुरु गर्न सक्नेछन् ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ८, शुक्रबार ०९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP