• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गर्मी बढेसँगै यशोदा फुड्सको जनहितमा अपिल

    • lumbinisanjal
    • २०८३ जेष्ठ ४, सोमबार ०९:४५
    884
    SHARES
    गर्मी बढेसँगै यशोदा फुड्सको जनहितमा अपिल

    उत्पादनको गुणस्तर जोगाउन सही भण्डारण र प्रयोग गर्न आग्रह
    बुटवल ,४ जेठ । अत्यधिक गर्मी बढ्दै गएपछि खाद्य सामग्रीको गुणस्तरमा असर पर्न सक्ने भन्दै यशोदा फुड्स प्रा.लि.ले विक्रेता तथा उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    नेपालमै उत्पादन हुँदै आएको यशोदा फुड्सले नेपाली नागरिकलाई रोजगारी सिर्जना गर्नुका साथै कृषि क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ । कम्पनीका अनुसार आफ्ना उत्पादनहरू विश्वका २२ भन्दा बढी मुलुकमा निर्यात हुँदै आएका छन्, जसबाट
    विदेशी मुद्रा आर्जनमा समेत टेवा पुगेको छ ।

    कम्पनीले जारी गरेको जनहित सन्देशमा गर्मीयाममा अत्यधिक तापक्रमका कारण पसल तथा गोदाममा राखिएका खाद्य सामग्रीको गुणस्तरमा असर पर्न सक्ने उल्लेख गरिएको छ ।

    त्यसैले उत्पादनहरूलाई घाम तथा पानी नपर्ने स्थानमा सुरक्षित भण्डारण गर्न र सही तरिकाले बिक्री–वितरण गर्न विक्रेतासँग आग्रह गरिएको छ । त्यस्तै उपभोक्तालाई पनि उत्पादन प्रयोग गर्नु अघि उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गरेर मात्रै प्रयोग गर्न अनुरोध गरिएको छ ।

    “गुणस्तर, स्वाद र सन्तुष्टि नै हाम्रो लक्ष्य हो” भन्ने नारासहित यशोदा फुड्सले उपभोक्ताको विश्वास कायम राख्दै नेपाली उद्योगलाई विश्व बजारमा थप स्थापित बनाउने प्रतिबद्धता जनाएको छ ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ४, सोमबार ०९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP