• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    ब्रिटिस ग्रामर स्कुलमा एसईई कप बास्केटबल प्रतियोगिता

    • lumbinisanjal
    • २०८३ बैशाख २३, बुधबार ०१:०२
    377
    SHARES
    ब्रिटिस ग्रामर स्कुलमा एसईई कप बास्केटबल प्रतियोगिता

    बुटवल ,२३ वैशाख । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा २०८२ सालको एसईईमा सहभागी विद्यार्थीहरुका बिचमा बास्केटबल प्रतियोगिता आज वैशाख २३ गते बिहान नौ बजेबाट हुने भएको छ ।

    विद्यार्थीमा रहेको खेल प्रतिभालाई उजगार गर्ने , विद्यार्थीहरुका बिचमा सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले छात्रछात्रा बास्केटबल प्रतियोगिता हुन लागेको हो।

    विद्यार्थीको सवार्ङ्गीण विकास गर्ने उद्देश्यले स्थापित यस विद्यालयले हरेक वर्ष फुटसल , सुइमिङ , फुटसल , कराँते लगायतका विभित्र प्रतियोगिता गर्दै आएकोमा यो वर्षको शैक्षिकसत्रको प्रारम्भमा नै यो प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका बास्केटबल प्रशिक्षक आयुष कुँवरले बताए ।

    मोफसलको एक मात्रै क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रुपमा स्थापित यस विद्यालयमा कक्षा नर्सरीदेखि बारसम्मको पढाइ हुँदै आएको छ। कक्षा एघार र बारमा साइन्स र म्यानेजमेन्ट सञ्चालन गरेको विद्यालयले कक्षा ८ , १० र बारमा सतप्रतिशत नतिजा दिँदै आएको छ ।

    बास्केटबल प्रतियोगितामा रुपन्देही र छिमेकी जिल्लाका एसईईमा सहभागी छात्रतर्फ १० र छात्रातर्फ ४ टिमले नाम दर्ता गराएको विद्यालयका सहप्राचार्यद्वय महेश पौडेल क्षेत्री र उमेश कँडेलले जानकारी दिए।

    बास्केटबल प्रतियोगिताको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यालय तहको कक्षा १ देखि १० सम्म केही सिटमा भर्ना खुलेकाले विश्वस्तरीय शिक्षाका लागि अभिभावकले सम्पर्क गर्नुहुन विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सगौरव जानकारी दिए ।



    lumbinisanjal   
  • २०८३ बैशाख २३, बुधबार ०१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP