• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रेस स्वतन्त्रतामा अंकुश अस्वीकार्य : शान्ति समाज रुपन्देही

    • lumbinisanjal
    • २०८३ बैशाख २०, आईतवार १५:५७
    1.8K
    SHARES
    प्रेस स्वतन्त्रतामा अंकुश अस्वीकार्य : शान्ति समाज रुपन्देही

    बुटवल, २० वैशाख । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले ३३औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा शान्तिपुर्ण प्रदर्शन गर्दै प्रेस स्वतन्त्रताको संरक्षणमा एकजुट हुन आह्वान गरेको छ।

    कार्यक्रममा बोल्दै शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको प्रेसमाथि कुनै पनि प्रकारको अंकुश स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता कमजोर भयो भने लोकतन्त्र नै कमजोर हुन्छ। पत्रकारलाई डर र दबाबमा होइन, स्वतन्त्र वातावरणमा काम गर्न दिनुपर्छ।” खनालले सरकार र सरोकारवालालाई प्रेसमैत्री नीति तथा व्यवहार अवलम्बन गर्न आग्रह गर्नुभयो।

    त्यसैगरी, शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले प्रेस स्वतन्त्रता सुरक्षित नगरी समाजमा पारदर्शिता र उत्तरदायित्व कायम हुन नसक्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “प्रेसलाई नियन्त्रण गर्ने होइन, प्रोत्साहन गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो। स्वतन्त्र प्रेसले मात्र नागरिकको आवाज सही रूपमा उठाउन सक्छ।”

    प्रदर्शनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, शान्ति समाजका पूर्व सभापति दिवाकर घिमिरे, बुटवल टुडेका प्रबन्ध निर्देशक नवराज कुवँर लगायतले पनि प्रेस स्वतन्त्रताको पक्षमा एकजुट भएर उभिनुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारी, शान्ति समाजका केन्द्रीय सदस्य, सञ्चारकर्मी, पत्रकार तथा अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८३ बैशाख २०, आईतवार १५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP