• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लायन्स क्लब अफ बुटवल शान्तिदीपमा खनालको नेतृत्व, सर्वसम्मत नयाँ कार्यसमिति चयन

    • lumbinisanjal
    • २०८३ बैशाख २०, आईतवार १३:४९
    949
    SHARES
    लायन्स क्लब अफ बुटवल शान्तिदीपमा खनालको नेतृत्व, सर्वसम्मत नयाँ कार्यसमिति चयन

    बुटवल ,२० वैशाख । लायन्स क्लब अफ बुटवल शान्तिदीपको वर्ष २०२६/०२७ का लागि अध्यक्षमा लक्ष्मी नारायण खनाल चयन भएका छन्। सम्पन्न अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्दै २१ सदस्यीय कार्यसमिति गठन गरेको हो।

    नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा पुनाराम पन्थी, द्वितीय उपाध्यक्षमा प्रकाश अधिकारी र तृतीय उपाध्यक्षमा सुरेश बेल्वासे चयन भएका छन्। त्यसैगरी सचिवमा रञ्जित सिंह, सहसचिवमा रामप्रसाद घिमिरे र कोषाध्यक्षमा अनिल खनाल चयन भएका छन्।

    पूर्व अध्यक्ष तथा जोन पर्सन विशाल पन्थीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले ककस पद्धतिबाट पदाधिकारी चयन गरेको थियो। उम्मेदवारहरूसँग भावी कार्ययोजना बारे जिज्ञासा राख्दै ‘यस र नो भोट’ प्रणालीअन्तर्गत ५१ प्रतिशतभन्दा बढी ‘यस’ मत ल्याउनुपर्ने प्रावधानअनुसार मतदान गरिएको थियो। सो क्रममा सबै पदाधिकारीले शतप्रतिशत ‘यस’ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त पन्थीले जानकारी दिए।

    कार्यक्रममा संस्थापक अध्यक्ष तथा २०२६/०२७ का डिष्ट्रिक्ट चिफ बाबुराम खनालले लायन्स क्लबका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि र जिम्मेवारीबारे प्रशिक्षणमूलक मन्तव्य दिएका थिए। पूर्व अध्यक्ष रामहरि भुसालले पनि क्लबको आगामी यात्राबारे आफ्ना धारणा राखेका थिए। छ वर्षअघि स्थापना भएको क्लबले हालसम्म रक्तदान, अनाथलाई खाद्यान्न तथा लत्ताकपडा वितरण, वृक्षारोपणलगायत विविध सामाजिक कार्य गर्दै आएको छ।

    नवनिर्वाचित अध्यक्ष खनालले क्लबलाई आगामी दिनमा अझै मर्यादित र प्रभावकारी बनाउँदै टिमसँग समन्वय गरेर परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८३ बैशाख २०, आईतवार १३:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP