• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही मेटल तथा फेब्रिकेसन एसोसिएसनको अधिवेशन सम्पन्न, सन्त बहादुर कवर पुनः अध्यक्षमा सर्वसम्मत

    • lumbinisanjal
    • २०८२ चैत्र २९, आईतवार १४:१७
    3.8K
    SHARES
    रुपन्देही मेटल तथा फेब्रिकेसन एसोसिएसनको अधिवेशन सम्पन्न, सन्त बहादुर कवर पुनः अध्यक्षमा सर्वसम्मत

    बुटवल, २९ चैत । रुपन्देही मेटल तथा फेब्रिकेसन एसोसिएसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सन्त बहादुर कवर (सन्तोष) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ सदस्य तथा मेटल व्यवसायी हरी बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव विश्वनाथ पाण्डेले गरेका थिए।

    कार्यक्रममा बोल्दै वक्ताहरूले एसोसिएसनले छोटो अवधिमै व्यवसायीहरूको साझा छाता संगठनको रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताएका थिए। उनीहरूले व्यवसायी तथा श्रमिकहरूको हक–हित संरक्षण, पेशागत सुरक्षा, सीप विकास र आपसी सहकार्यको वातावरण निर्माणमा एसोसिएसनले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए।

    सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै एसोसिएसनले विभिन्न मानवीय कार्यहरू सञ्चालन गर्दै आएको छ। रक्तदान कार्यक्रम, बिरामी व्यवसायी तथा उनीहरूको परिवारलाई आर्थिक तथा नैतिक सहयोग, विपद्का समयमा राहत वितरण लगायतका कार्यमार्फत संस्था सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको छ।

    अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसअनुसार अध्यक्षमा पुनः सन्त बहादुर कवर (सन्तोष) चयन बएका छन्  भने उपाध्यक्षमा मेघ बहादुर घिमिरे (मिलन), कोषाध्यक्षमा किसन बहादुर केसी, सचिवमा राजेन्द्र पोख्रेल, सहसचिवमा अमृता गौतम चयन हुनुभएको छ। सदस्यहरूमा राधा पोख्रेल, जगदीश चौधरी, शेर प्रसाद पाण्डे र मित बहादुर कार्की चयन भएका छन्।

    यसैगरी लेखा समिति संयोजकमा गीता सापकोटा (घिमिरे) तथा सदस्यमा कमल भट्टराई चयन भएका छन । कार्यक्रमका अवसरमा एसोसिएसनका सचिव विश्वनाथ पाण्डे , इस्वर भण्डारी ग्रील तथा स्टिल व्यवसाय महासंघ लुम्बिनी प्रदेश कार्यसमिति सदस्यमा निर्वाचित भएकोमा बधाई तथा सम्मान समेत गरिएको थियो।

    लेखा समिति संयोजक क्षितिज पाण्डेले २०८१/८२ को लेखासम्बन्धी आय–व्यय विवरण प्रस्तुत गर्दै सम्पूर्ण वित्तीय जानकारी गराएका थिए ।

    कार्यक्रममा एसोसिएसनका पदाधिकारीहरूले आगामी दिनमा व्यवसायीहरूको अधिकार सुनिश्चित गर्दै व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउन ठोस योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    छोटो समयमै संस्थागत मजबुती, व्यवसायीबीच एकता तथा सहकार्य विस्तार गर्दै एसोसिएसनले आफ्नो प्रभावकारी उपस्थिति स्थापित गर्न सफल भएको उनीहरूको भनाइ थियो।



    lumbinisanjal   
  • २०८२ चैत्र २९, आईतवार १४:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP