• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    ४० मुनिको अभियानमा १५० युवा कांग्रेस प्रवेश, ‘कम बोली–काम बढी’को उद्घोष

    • lumbinisanjal
    • २०८२ फाल्गुन १०, आईतवार २१:५४
    1.5K
    SHARES
    ४० मुनिको अभियानमा १५० युवा कांग्रेस प्रवेश, ‘कम बोली–काम बढी’को उद्घोष

    बुटवल, १० फागुन । नेपाली कांग्रेसको ‘४० मुनिको अभियान’ अन्तर्गत बुटवलमा आयोजित कार्यक्रममा १५० जना युवाहरू पार्टीमा प्रवेश गरेका छन्।
    युवा नेता विजय गुरुङ ‘टाइसन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रकाश राना (नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष) प्रमुख अतिथि रहेका थिए।
    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले राजनीति सेवा र परिवर्तनको माध्यम हुनुपर्ने बताउँदै , “राजनीतिलाई कमाइको भाँडो बनाउने होइन। यसलाई स्वच्छ, पारदर्शी र जनमुखी बनाउनुपर्छ।” उनले युवाको सक्रिय सहभागिताविना पार्टी सुदृढ नहुने उल्लेख गरे । उनले रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेललाई बिजय वनाउनका निमित्त सबै जुटेर लाग्नुपर्ने बताए । सामाजिक एवम राजनैतिक ब्यक्तित्व पौडेलले समाजमा गरेका उल्लेख्य कामहरुलाई आधार मानेर स्थानिय संग मत माग्न सहज र सरल रहेको बताए । पौडेलेको बिजयले रुपन्देही २ मात्र होइन समग्र देशनै उल्लासमय हुने बताए ।
    कार्यक्रममा ‘कम बोली, काम बढी—अबकी बार १०० पार’ भन्ने नारासहित युवाहरूले कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए।
    पार्टी प्रवेश गरेका युवाहरूले कांग्रेस नै युवालाई समेट्न सक्ने जिम्मेवार शक्ति भएको धारणा राखे। उनीहरूले पार्टीमा नेतृत्वको पुस्तान्तरण र स्पष्ट वैचारिक दिशाका कारण आफूहरू आकर्षित भएको बताए। “गगन थापा पार्टी सभापति बनेपछि कांग्रेसमा नयाँ ऊर्जा आएको अनुभूति गरेका छौं, त्यसैले हामी प्रवेश गरेका हौं,” एक नवप्रवेशी युवाले भने।
    प्रमुख अतिथि रानाले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र संस्थागत राजनीतिमा अडिग रहेको उल्लेख गर्दै युवालाई संगठन सुदृढीकरणमा लाग्न आग्रह गरे। “पार्टी बलियो बनाउने आधार युवा शक्ति हो। अनुशासन, इमान्दारिता र संगठनप्रति निष्ठा नै सफलताको सूत्र हो,” उनले भने।

    कार्यक्रममा विभिन्न वडाबाट आएका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    आयोजकका अनुसार ४० वर्ष मुनिका युवालाई नेतृत्व तहसम्म स्थापित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइने छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १०, आईतवार २१:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP