• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    बुटवल प्रहरीद्वारा स्वरुप परिवर्तन गरि ग्राहक ठगी गर्ने टिप्पर तथा ट्याक्टर नियन्त्रण

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार २२:४२
    910
    SHARES
    बुटवल प्रहरीद्वारा स्वरुप परिवर्तन गरि ग्राहक ठगी गर्ने टिप्पर तथा ट्याक्टर नियन्त्रण

    बुटवल ,२५ चैत । स्वरुप परिवर्तन गरि चर्को आवाजमा ध्वनी प्रदुषण गराउने मोटरसाइलपछि बुटवल प्रहरीले स्वरुप परिवर्तन गरिएका मालबहाक सवारीमा समेत कारबाही थालेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवका अनुसार मालवहाक सवारी टिप्पर तथा ट्याक्टर धनीले स्वरुप परिवर्तन गरि ग्राहक ठगी गर्नेहरुमाथि कारबाही अघि बढाइएको हो ।

    प्रहरीले बुधबार सैनामैना तथा बुटवल क्षेत्रबाट ९ वडा गाडीलाई नियन्त्रणमा लिएर कारबाही थालेको छ । उनीहरुले ढालाको स्वरुप परिवर्तन गरि ग्राहकलाई कम परिमाणको ढुवानी गर्ने तर पूरा परीमाणको रकम अशुल गर्ने गरेको भेटिएको हो ।

    सामान्यतया ४५० प्रतिघनफिट ढुवानी क्षमता भएको टिप्परले ट्रलीलाई स्वरुप परिवर्तन गरि ४ सय घटफिट ढुवानी गर्ने तर, ग्राहकबाट पूरा क्षमताकै आधारमा रकम अशुल्ने गरेको भेटिएको हो । यसैगरी ट्याक्टरमा समेत ढालाको स्वरुप परिवर्तन गरि ठगी गररहेको भेटिएको प्रनाउ श्रीवास्तवले बताए ।

    एक टिप्पर व्यवसायीका अनुसार विशेषगरी क्रसर व्यवसायीहरुले ग्राहकलाई कम परिमाणको माल (गिट्टी/बालुवा) उपलब्ध गराएर ठगी गर्ने विकृति रहेको छ । प्रहरीको कारबाहीसँगै स्वरुप परिवर्तन गरी टिप्पर तथा ट्याक्टर धनीबाट ठगीएका सेवाग्राहीहरुले विभिन्न ठाउँबाट गुनासो सुनाउन लागेको प्रनाउ श्रीवास्तवले बताए । यसरी स्वरुप परिवर्तन गर्दा ग्राहकहरु भाडा दरमा प्रत्येक पटक ६/७ हजार रुपैयाँसम्म ठगीने गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार २२:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP