• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रादेशिक अस्पतालमा ९ मेडिकल अधिकृतसहित ११ जनाका लागि जागिर खुल्यो

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार १५:१६
    1.4K
    SHARES
    लुम्बिनी प्रादेशिक अस्पतालमा ९ मेडिकल अधिकृतसहित ११ जनाका लागि जागिर खुल्यो

    बुटवल ,२५ चैत । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने भएको छ । अस्पतालले एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत रहेको उक्त अस्पतालले स्वीकृत दरबन्दी अनुसार रिक्त पदहरूमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो।

    प्रकाशित सूचना अनुसार, मेडिकल अधिकृत ८ तहमा ९ जना र रेडियोग्राफर ५ तहमा २ जनाको लागि आवेदन माग गरिएको छ। यी पदहरूका लागि लोक सेवा आयोगले तोकेको न्यूनतम शैक्षिक योग्यता आवश्यक पर्ने उल्लेख गरिएको छ।

    इच्छुक तथा योग्य नेपाली नागरिकहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन बुझाउने अन्तिम मिति २०८३ साल वैशाख गते तोकिएको छ।

    आवेदन दस्तुर मेडिकल अधिकृत पदका लागि रु. १००० र रेडियोग्राफर पदका लागि रु. ५०० निर्धारण गरिएको छ। दरखास्त फाराम लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति बाट प्राप्त गर्न सकिनेछ।

    थप जानकारीका लागि अस्पतालको आधिकारिक फेसबुक पेज तथा वेबसाइट www.lphospital.gov.np मार्फत जानकारी लिन सकिने जनाइएको छ।
    हेरौं सूचना:



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार १५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP