• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशसभा बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ चैत्र २२, आईतवार १०:१६
    442
    SHARES
    लुम्बिनी प्रदेशसभा बैठक बस्दै

    दाङ,२२ चैत ।  लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

    प्रदेशसभा सचिवालयद्वारा आज जारी सम्भावित कार्यसूचीअनुसार बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेस गर्नेछन् ।

    त्यसैगरी, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

    प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २२, आईतवार १०:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP