• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    सिद्धबाबा सडक पूर्ण रूपमा सञ्चालनमा

    • lumbinisanjal
    • २०८२ चैत्र ७, शनिबार १५:००
    1.7K
    SHARES
    सिद्धबाबा सडक पूर्ण रूपमा सञ्चालनमा

    बुटवल,७ चैत  । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा-बुटवल सडक सिद्धबाबा क्षेत्रको सडक पूर्ण रूपमा सुचारु भएको छ। केही दिनदेखि वर्षा र पहिरोका कारण प्रभावित भएको उक्त सडक अब सामान्य अवस्थामा फर्किएको सम्बन्धित निकायले जनाएको छ।

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सडक अवरुद्ध हटाएर सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

    यात्रुहरूलाई सुरक्षित यात्रा सुनिश्चित गर्न यात्रा अघि आवश्यक जानकारी लिन पनि आग्रह गरिएको छ। कार्यालयले आपतकालीन तथा जानकारीका लागि उपलब्ध नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    यात्राका क्रममा मौसम र सडक अवस्थालाई ध्यानमा राखी सावधानी अपनाउन समेत सम्बन्धित निकायले आग्रह गरेको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र ७, शनिबार १५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP