• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा दुर्घटना : २२ विद्यार्थी घाइते

    • lumbinisanjal
    • २०८२ माघ २०, मंगलवार ०९:२७
    1.1K
    SHARES
    रुपन्देहीमा दुर्घटना : २२ विद्यार्थी घाइते

    बुटवल ,२० माघ । रुपन्देहीमा स्कुल बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्लाको ओमसतियामा स्कुलबस र धान बोकेको ट्याक्टर आज बिहान साढे ६ बजे आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    २२ मध्ये दुईजनाको टाउकोमा चोट लागेको छ । अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    घाइतेमध्ये ११ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा र बाँकीको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    मणिग्रामस्थित शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी घाइते भएका हुन् ।

    नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नम्बरको ट्याक्टर ठोक्किएका दुर्घटना भएको हो । दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ २०, मंगलवार ०९:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP