• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    गगन र बिस्वका कारण कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    • lumbinisanjal
    • २०८२ पुष १७, बिहीबार २२:२१
    1.3K
    SHARES
    गगन र बिस्वका कारण कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    काठमाडौं ,१७ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका हुन् ।

    सोहीबारे सभापति शेरबहादुर देउवाले आज (बिहीबार) दिउँसो कार्यवाहक सभापति पूर्णबहहादुर खड्का‚ नेता शेखर कोइराला‚ मीनेन्द्र रिजाल‚ रमेश लेखकलगायतसँग छलफल गरेका थिए।

    सभापति देउवाले शुक्रबार बिहान आफूपक्षीय नेताहरूको बैठक पनि बोलाएका छन्।



    lumbinisanjal   
  • २०८२ पुष १७, बिहीबार २२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP