• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

    • lumbinisanjal
    • २०८२ बैशाख ३, बुधबार २०:५४
    1.8K
    SHARES
    बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

    काठमाडौं , ३ बैशाख । बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक सुरू भएको हो। दुवै दलको कार्यदलस्तरको बैठक सकिएपछि संयन्त्रको बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन्।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेको तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन्।



    lumbinisanjal   
  • २०८२ बैशाख ३, बुधबार २०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP