• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

    • lumbinisanjal
    • २०८२ पुष १२, शनिबार १२:२२
    1.4K
    SHARES
    रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

    काठमाडौं ,१२ पुस । रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा थप ६ जना कामदार घाइते भएका छन्।

    इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार विष्फोटमा परेर कटहरिया नगरपालिका–९ का अन्दाजी ४० वर्षीय लक्ष्मण यादवको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

    विस्फोटमा परेर अन्य ६ जना कामदार घाइते भएका हुन् । केही गम्भीर घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ भने केहीको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।

    पूर्वमन्त्री एवम् रौतहटका पूर्व सांसद प्रभु शाहले घटना हुनुमा मिल सञ्चालकको लापरवाही देखिएको बताएका छन् । उनले घटनाको छानबिनको माग समेत गरेका छन् ।

    शाहले फेसबुकमा लेखेका छन्, ‘मिल संचालकको लापरवाहीले भएको यस दुःखद घटनाको निष्पक्ष छानबिनसहित पीड़ितलाई क्षतिपूर्तिको माग गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’



    lumbinisanjal   
  • २०८२ पुष १२, शनिबार १२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP