• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लुटिएकामध्ये ३९२ थान हतियार अझै गायब, बाहिरै छन् ६ हजार ७ सयै कैदी

    • lumbinisanjal
    • २०८२ आश्विन ३१, शुक्रबार १६:५२
    2.1K
    SHARES
    लुटिएकामध्ये ३९२ थान हतियार अझै गायब, बाहिरै छन् ६ हजार ७ सयै कैदी

    काठमाडौं ,३१ असोज । नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुटिएका ९७८ थान हतियारमध्ये ३९२ थान अझै नभेटिएको जनाएको छ।

    भदौ २४ गते राति १० बजेदेखि तीन दिनसम्म सडकमा निस्किएको सेनाले लुटिएकामध्येका आधाभन्दा धेरै हतियार बरामद गरे पनि अन्य नभेटिएका हुन् ।

    शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमार्फत् देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने क्रममा सहायक रथी राजाराम बस्नेतले यसबारे जानकारी दिएका हुन् ।

    आन्दोलनका क्रममा प्रदर्शनकारीले खासगरी नेपाल प्रहरीले प्रयोग गर्ने एसएलआर, इन्सास, एसएमजी, अटोमेटिक पेस्तोल र ग्यास गनसहित सयौँ हतियार लुटेर लगेका थिए ।

    त्यसैगरी सेनाले जेन-जी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका १५ हजार ८५८ जना कैदीमध्ये झन्डै आधा बाहिरै रहेको जनाएको छ।

    सेनाको विवरणमा अझै पनि ६ हजार ७९९ जना कैदी फरार रहेको जनाएको छ। सेनाका अनुसार अहिलेसम्म ८ हजार ७८९ जना कैदी बन्दी पक्राउ परेर वा आफैं कारागारमा फर्किसकेका छ्न् ।

    सेनाले यी सबै विवरणलाई हालसम्मका प्रारम्भिक तथ्यांक भनेको छ। सेनाले कैदी बाहिरै रहेको र हतियारहरू पनि बरामद भएको अवस्थामा देशको शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको पनि जनाएको छ।

     



    lumbinisanjal   
  • २०८२ आश्विन ३१, शुक्रबार १६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP