• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. बिष्णु गौतम

    • lumbinisanjal
    • २०८३ बैशाख ८, मंगलवार १८:४७
    3.2K
    SHARES
    लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. बिष्णु गौतम

    बुटवल , ८ बैशाख । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतम नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

    स्वास्थ्य मन्त्री खेम सारुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अन्तरिम व्यवस्थाका रूपमा डा. गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिनुभयो। अस्पतालको व्यवस्थापन सुदृढ बनाउने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले निर्णय गरिएको जनाइएको छ।

    डा. गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुनुहुन्छ। उहाँ लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको अनुभवका आधारमा मेसुको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

    यस क्षेत्रकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले उपचार सेवा लिने गरेका छन्। नयाँ नेतृत्वसँगै अस्पतालको सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ८, मंगलवार १८:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP