• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    इलाममा पहिरोमा परेर १८ जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ आश्विन १९, आईतवार ०९:३०
    2K
    SHARES
    इलाममा पहिरोमा परेर १८ जनाको मृत्यु

    इलाम,१९ असोज । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।

    त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले बताए ।

    त्यस्तै, नदी तथा खोलामा परेर उदयपुर र खोटाङमा थप दुई जनाको ज्यान गएको छ । उदयपुरको बेलका नगरपालिकामा सिन्धुलीबाट फर्किएको माइक्रो बस बेलकामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । करिब २२ जना यात्रुको उद्धार गरी अस्पताल पठाइएको छ ।

    खोटाङमा समेत एक जना बालक नदीमा परेर ज्यान गएको भन्ने खबर आएको र थप विवरण संकलन गर्ने क्रमम रहेको कोशी प्रहरीले जानकारी दिएको छ ।
    #शिलापत्र



    lumbinisanjal   
  • २०८२ आश्विन १९, आईतवार ०९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP