• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    घर, चौपाया छाडेर बेपत्ता भएको सिन्धुलीको १६ सदस्यीय हायू परिवार पोखरामा फेला

    • lumbinisanjal
    • २०८२ श्रावण १२, सोमबार २२:५२
    3.1K
    SHARES
    घर, चौपाया छाडेर बेपत्ता भएको सिन्धुलीको १६ सदस्यीय हायू परिवार पोखरामा फेला

    काठमाडौं, १२ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ डेड्पाबाट गत बिहीबार रातिदेखि बेपत्ता भएको हायू समुदायका एकै परिवारका १६ जना सदस्य पोखरामा फेला परेका छन्।

    घर र पशुचौपाया अलपत्र छाडेर हिंडेका उनीहरू पोखरा महानगरपालिका–१३ गगनगौंडामा रहेको होटल जननीमा शनिबार दिउँसो पुगेका थिए।

    होटल सञ्चालक सुनील भुर्तेलका अनुसार, ५२ वर्षीया उर्मिला हायूको नेतृत्वमा रहेको उक्त समूहले तीन वटा कोठा लिएर रात बिताएको थियो।

    ‘उनीहरूले नाम, थर र ठेगाना खुलाउन आनाकानी गरे। व्यवहार पनि सामान्य लागेन,’ भुर्तेलले भने, ‘लवाई–खवाई र हाउभाउ शंकास्पद लागेकाले आइतबार बिहान चेकआउट गराएँ।’

    उनका अनुसार, होटलमा ५ हजार रुपैयाँ तिरेर उनीहरू अर्को स्थानतर्फ लागेका थिए। पछि प्रहरीले अनुसन्धान गर्दा उनीहरू सिन्धुलीबाट एक्कासि सम्पर्कविहीन भएको परिवार भएको खुलेको हो।

    हाल कास्की प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण तथा सोधपुछ गरिरहेको छ। प्रारम्भिक बयानमा उनीहरूले मजदुरी गर्न पोखरा आएको बताएका छन्।

    यसअघि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरूको नामावली सार्वजनिक गरेको थियो। बेपत्ता भएका १६ जनाको विवरण यसप्रकार छ:

    १. उर्मिला हायू (५२) – घरमूली
    २. कमला हायू (२७) – जेठी छोरी
    ३. कोमल माया हायू (२३) – माइली बुहारी
    ४. उषा हायू (२२) – छोरी
    ५. सुजता हायू (१९) – छोरी
    ६. अस्मिता हायू (१८) – छोरी
    ७. सान्ता हायू (१२) – छोरी
    ८. राजु हायू (२९) – जेठा छोरा
    ९. हिमाल हायू (२४) – माइला छोरा
    १०. लालबहादुर हायू (१६) – साइँला छोरा
    ११. बेगबहादुर हायू (१४) – छोरा
    १२. लक्की हायू (११) – छोरा
    १३. सुवर्ण हायू (१२) – छोरा
    १४. ओमकुमारी हायू (१०) – छोरी
    १५. अर्जुन हायू (१) – नाति
    १६. रियासा हायू (४) – नातिनी

    परिवार किन र कसरी अचानक सबै जना पोखरा पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १२, सोमबार २२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP