• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तीनकुने क्षेत्रमा कर्फ्यु हट्यो, स्थिति सहज

    • lumbinisanjal
    • २०८१ चैत्र १६, शनिबार ०१:४९
    2.7K
    SHARES
    तीनकुने क्षेत्रमा कर्फ्यु हट्यो, स्थिति सहज

    काठमाडौं , १६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश स्थगन गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा, तीनकुने र आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेशको स्थगन जानकारी दिइएको छ।

    शुक्रबार ४:२५ बजे देखि राति १० बजेसम्म लागू गरिएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो। तर, अहिले स्थिति सहज भइनसकेको कारण कर्फ्यु आदेश स्थगन गरिएको प्रशासन कार्यालयले जनाएको छ। यो आदेश काठमाडौँको बानेश्वर, तीनकुने, गौशाला, एयरपोर्ट, गैरीगाउँ, कोटेश्वर, जडीबुटी पुल, बालकुमारी पुल, शंखमुल पुल लगायतका क्षेत्रहरूमा लागू भएको थियो।



    lumbinisanjal   
  • २०८१ चैत्र १६, शनिबार ०१:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP