• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

    • lumbinisanjal
    • २०८३ भाद्र ३, बुधबार १४:४८
    286
    SHARES
    इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

    काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर सुरज खत्री साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
    एसएसपी सन्तोष खड्काले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै खत्रीलाई पुरस्कृत गरेका हुन्।
    खत्रीको टिमले कलंकीबाट युवक अपहरण गरी नागार्जुनमा बन्धक बनाएको घटनाको अनुसन्धान गर्दै ७ जनालाई पक्राउ गरेको छ।

    ३ भदौ, काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज खत्री उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत खत्रीलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो ।

    अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरमा कार्यरत खत्रीले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।

    इन्स्पेक्टरले खत्रीले गुण्डागर्दी, अपहरण, हत्या जस्ता जघन्य अपराधको अनुसन्धान गरेका छन् । अपराध अनुसन्धानमा खत्री अब्बल मानिन्छन् ।

    उनैको टिमले केही दिनअघि मात्रै कलंकीबाट युवक अपहरण गरेर नागार्जुन लगी बन्धक बनाएको घटनाको सफल अनुसन्धान गरेको थियो ।

    अपहरणमा परेका युवकलाई बन्धक बनाउँदै प्लाष्टिकको पाइपले पिटेर याताना दिने र १८ लाख फिरौती समेत माग गरिएको थियो । ती युवकलाई उद्दार गर्नुका साथै अपहरणमा संलग्न ७ जना पक्राउ परेका थिए ।

    अपराध अनुसन्धान कार्यालयको इतिहासमै पहिलो पटक यही अपहरणको मुद्दा यो कार्यालयले आफैं चलाएको छ । यसअघिसम्म भने अनुसन्धान बाहेक मुद्दा चलाउने अधिकार यो कार्यालयलाई थिएन ।



    lumbinisanjal   
  • २०८३ भाद्र ३, बुधबार १४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP