• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुकुम्वासीको उठिबासबारे रविको टिप्पणी : सरकारको काम राम्रो छ, अतिरञ्जित गरेर मान्छे नउचाल्नू

    • lumbinisanjal
    • २०८३ बैशाख २७, आईतवार १७:४९
    325
    SHARES
    सुकुम्वासीको उठिबासबारे रविको टिप्पणी : सरकारको काम राम्रो छ, अतिरञ्जित गरेर मान्छे नउचाल्नू

    काठमाडौं,२७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अनावश्यक विषयहरूलाई धेरै उचालेर आमनागरिकमा आशंका पैदा नगर्न आग्रह गरेका छन् ।

    पार्टीले सांसदहरूका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको आइतबार ललितपुरमा समापन गर्दै सभापति लामिछानले यस्तो बताएका हुन् ।

    वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनाएको डेढ महिनायता थिति बसाल्ने अभियानमा आफूहरू रहेको भन्दै अनावश्यक विषयलाई धेरै उचालेर आमनागरिकमा आशंका पैदा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

    रास्वपाले पाएको जनमत यसअघिको निरन्तरताका लागि नभई क्रमभङ्गका लागि भएको उनको तर्क छ। त्यहीकारण सरकार फरक ढंगले अघि बढ्न खोजेको उनले उल्लेख गरे ।

    सभापति लामिछानेले आमनागरिक, समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिए ।

    त्यस्तै उनले चुनावमा गरेका वाचाअनुसार नै सुकुमवासी र भूमिहीनलाई अधिकार दिने भन्दै त्यसका लागि सरकारले गरेको कामलाई अतिरञ्जित गर्न आवश्यक नरहेको जिकिर गरे।

    सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताए ।

    सभापति लामिछानेले देशका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताउँदै पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने स्पष्ट पारे।

    उनले पार्टी जनताको माया र देशको भविष्यप्रति चिन्तित रहेकाले देशलाई अप्ठेरो हुने कुनै पनि काम नगर्ने धारणा राखे ।

    सभापति लामिछानले भाइरल हुनुभन्दा संसद्मार्फत मुलुकलाई आवश्यक कानून निर्माणमा ध्यान दिन सांसदहरूलाई निर्देशन पनि दिए ।



    lumbinisanjal   
  • २०८३ बैशाख २७, आईतवार १७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP