• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    “अग्रजको सम्मान, युवाको एकता – समृद्ध धुर्कोट हाम्रो संकल्प”

    • lumbinisanjal
    • २०८२ आश्विन ६, सोमबार ०९:४१
    5.4K
    SHARES
    “अग्रजको सम्मान, युवाको एकता – समृद्ध धुर्कोट हाम्रो संकल्प”

    “अग्रजको सम्मान युवालाई प्रोत्साहन,” “हाम्रो गाउँ सबै मिलि बनाऔं ”
    भन्ने मेरो अन्तर हृदयबाट लिएको संकल्प। मैले लिएको यो संकल्प १२ वर्ष पछी पूरा गर्ने मनसायले आज मिति २०८२/०६/०६ गते घटस्थापनाको दिन अर्थात नवदुर्गाको पहिलो दिन यो संकल्प लिएको छु।

    देश र जनताको सेवामा विगत १३ वर्ष राष्ट्र सेवकको रुपमा कार्य सम्पादन गर्दै आएकोमा गत वर्षदेखि समय, परिस्थिति र परिवर्तनको भुमरिमा परि विदेशीन बाध्य भए। हाल म वैदेशिक रोजगारीको सिलसिलामा जापान देशमा छु। भौतिक रुपमा त मेरो जन्मभुमि बाट अलिक टाढा नै छु र केही समयको लागि यो दुरी राख्न पनि आवश्यक ठानेको छु। जहाँ रहे पनि आफूलाई जन्मदिने आमा र जन्मभुमिको माया प्रगाढ हुँदोरहेछ ।

    त्यसैले मैले पनि हाम्रो गाउँ सबै मिलि बनाउँ भन्ने मुल मन्त्रका साथ आगामी तेस्रो सम्भवत २०९४ सालको स्थानीय निर्वाचन मार्फत धुर्कोट गाउँपालिका अध्यक्ष बनेर सम्पुर्ण धुर्कोट बासि आमाबुबा , दाजुभाइ , दिदिबहिनीहरु र मेरा सहपाठी मित्रहरुको सहयोगी बनेर कार्यसम्पादन गर्न आतुर रहेको छु।विगतमा मैले गरेको समग्र सेवा, कार्यकुशलता, अध्ययन र समर्पण लाई आत्मसात गर्दै युवापुस्ताहरुलाई गोलबद्द गराई सम्पुर्ण धुर्कोट बासिहरुको हकहितमा सेवा गर्ने अठोट लिएको छु।

    भित्रैबाट गल्ती कमि कमजोरीहरु हटाउदै नकारात्मकतामा रोमलिनु भन्दा एकाकार भएर भोलिको सुन्दर सपना देख्दै सबैले आफ्नो स्थानबाट जन्म भुमी प्रती कर्तव्य बोध गर्न सकेमा हाम्रो धुर्कोटलाई हर दृष्टिकोणबाट समृद्ध बनाउन सकिन्छ भन्ने अठोट ,दृष्टिकोण,इक्षाशक्ति र मातृत्वको प्रेम यो आठोट लिएको छु।

    समग्र आदरणीय धुर्कोट बासी हजुरहरुको माया र बिकास समृद्धिको आकांक्षालाई मैले उर्जा र प्रेरणाको रुपपा लिएको छु।
    अग्रजहरुको सम्मान र युवाहरुलाई प्रोत्साहन गर्दै धुर्कोट गाउँपालिका लाई देशकै नमुना गाउँपालिकाको रुपमा परिचित बनाउनको लागि दिन रात सेवामा खटिने दृढ संकल्पका साथ हजुरहरुको सेवकको रुपमा स्थापित हुन खोजिरहेको छु। मैले देखेको यो सपना र लिएको यो संकल्पलाई सम्पुर्ण धुर्कोटबासी आमाबुबा , दाजुभाइ तथा दिदिबहिनीले सकारात्मक भुमिकाका साथ पुर्ण गराइदिनुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु।

    समय , परिस्थिति र परिवर्तनको वेगलाई युवापुस्तामा कसरी पुस्तान्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहन रुपमा अध्ययन ममन गर्दै युवासाथिहरुमा आपसी सद्भाव साट्दै हाम्रो गाउँको विकास र हरेक चुनौतीहरुको निकास हामीभित्रबाटै खोज अनुसन्धान र अध्ययन मार्फत पुर्ण गर्न सकिन्छ भन्ने ध्येय राखेको छु।
    हरेक चुनौतिहरुलाई सहजरुपमा सामना गर्नको लागि अग्रजहरुको राय सल्लाह , राजनैनिक , बौद्धिक , शिक्षित वर्गहरुको मार्गनिर्देशन र युवापुस्ताहरुको साथ सपोर्ट अपरिहार्य ठानेको छु।

    मैले लिएको यो संकल्प निर्धारण गरेको समय सिमा भित्रै पूरा गर्ने बाचाका साथ हजुरहरुको माया ,साथ,सद्भाव , रचनात्मक सल्लाह सुझाव सहित आशिर्वाद खोजिरहेको छु। माता दुर्गा भवानिको आशिर्वाद सदैव हामीमा रहिरहोस🙏जय मा दुर्गा भवानी
    खड्ग छत्र कि जय 🙏🌺

    धन्यवाद ।
    विशाल भण्डारी
    (आउँदो २०९४ सालको धुर्कोट गाउँपालिका अध्यक्ष )

    
    



    lumbinisanjal   
  • २०८२ आश्विन ६, सोमबार ०९:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP