• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    १६ वर्षको यात्रामा इन्टलेक्च्युअल एकेडेमी : भविष्य बनाउँदै, मूल्य जोगाउँदै

    • lumbinisanjal
    • २०८२ फाल्गुन ३, आईतवार ०६:४०
    3.1K
    SHARES
    १६ वर्षको यात्रामा इन्टलेक्च्युअल एकेडेमी : भविष्य बनाउँदै, मूल्य जोगाउँदै

    बुटवल ,०३ फागुन । बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ शनिबार आत्मीय र उत्सवमय वातावरणमा सम्पन्न गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनाबारे सारगर्भित चर्चा गरियो।

    कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले छोटो समयमै सिकाइ र संस्कारलाई सन्तुलित रूपमा अघि बढाउँदै एकेडेमीले बुटवलमा अलग पहिचान बनाएको उल्लेख गर्नुभयो। स्वागत मन्तव्यमा प्रबन्ध निर्देशक रामराज पोख्रेलले विद्यार्थीको बहुआयामिक विकास नै विद्यालयको सफलताको मूल आधार रहेको बताउँदै भन्नुभयो— “हामी अक्षर मात्र चिनाउँदैनौँ, विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्दै असल नागरिक बनाउने यात्रामा छौँ।”

    सो अवसरमा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत मधुसूदन बेलबासे तथा विद्यालयका सल्लाहकार डा. विष्णुप्रसाद शर्माले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। अध्यक्षता गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद मरासिनीले विद्यालय–अभिभावक–विद्यार्थीबीचको त्रिकोणात्मक सहकार्यले नै उत्कृष्ट नतिजा सम्भव हुने बताउँदै जोड दिनुभयो— “अंक मात्र लक्ष्य होइन; प्रविधिमैत्री र व्यवहारिक शिक्षासँगै संस्कारयुक्त समाज निर्माण हाम्रो दायित्व हो।”

    वार्षिकोत्सवकै अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू पुरस्कृत गरिए भने SEE परीक्षामा शतप्रतिशत नतिजा दिलाउन सफल विषयगत शिक्षक र उत्कृष्ट कर्मचारीहरू नगद पुरस्कारसहित सम्मानित भए। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीसँगै विविध सांस्कृतिक तथा साहित्यिक प्रस्तुति राख्दै समारोहलाई थप जीवन्त बनाएका थिए।

    कार्यक्रम सञ्चालन शिक्षकद्वय सिमरन थापा र ब्युटी रसालले गर्नुभएको थियो। अभिभावक मञ्जु भट्टराई र कृष्णप्रसाद न्यौपाने, पूर्व विद्यार्थी बिपिन मरासिनी तथा वर्तमान विद्यार्थीहरू अप्सना पराजुली, आयुस्का वि.क. र बोनिसा भुसालले विद्यालयको शैक्षिक वातावरण र आफ्ना अनुभव साझा गर्नुभयो।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ३, आईतवार ०६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP