• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव

    • lumbinisanjal
    • २०८२ बैशाख २८, आईतवार १०:३४
    2.8K
    SHARES
    गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव

    काठमाडौं,२८ बैशाख । नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरेको छ । गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताहरुसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गर्नुभएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो ।

    यही वैशाख ३ मा भएको समझदारीका आधारमा भट्टले कार्यकारी निर्देकबाट राजीनामा दिएका थिए । तर राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृति नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गर्नुभएको हो । दुई दलबीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ ।

    प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक परराष्ट्रमन्त्री आरजु राणालगायतका नेता बालुवाटारको बैठकमा सहभागी थिए । बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएप्छि अब एक साताभित्र गभर्नर नियुक्त हुने बताइएको छ ।

    दुई दलबीच सहमति भए पौडेलले पहिले सिफारिस समितिबाट राजीनामा दिनुपर्ने छ । त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न सक्छ । राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रीपरिषद्को बैठक बस्नुपर्ने हुन्छ ।

    त्यसपछि मात्र पौडेललाई गभर्नरमा सिफारिस गर्न बाटो खुल्ने छ । बालुवाटार स्रोतका अनुसार यो प्रक्रिया आगामी सोमबारको मन्त्रिपरिषदवाट हुने र बिहीबारसम्म नयाँ नियुक्त हुनसक्ने अनुमान छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २८, आईतवार १०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP