• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्य वृद्धि

    • lumbinisanjal
    • २०८३ श्रावण ३, आईतवार १४:४१
    169
    SHARES
    सुनचाँदीको मूल्य वृद्धि

    काठमाडौँ  । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० निर्धारण भएको छ ।

    गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस



    lumbinisanjal   
  • २०८३ श्रावण ३, आईतवार १४:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP