• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशमा मुल्य बृद्धीको अध्ययन गर्दै संसदिय समिति

    • lumbinisanjal
    • २०८२ बैशाख ४, बिहीबार ११:०७
    2.4K
    SHARES
    लुम्बिनी प्रदेशमा मुल्य बृद्धीको अध्ययन गर्दै संसदिय समिति

    भैरहवा, ४ बैशाख । सघिंय संसदको उद्योग, बाणीज्य र श्रम तथा उपभोक्ता समिति उद्योगको, बाणीज्यको अवस्था तथा मुल्य बृद्धीको अध्यन गर्न लुम्बिनी प्रदेशमा आएको छ । समितिले बुधवार लुम्बिनी प्रदेशका बिषयगत समिति सघं यहाँको उद्योग, बाणीज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ । बिहिबार बुटवलमा उद्योगी ब्यबसायी सघं छलफल गरेको छ ।

    समितिका सभापति एवं पुर्व मन्त्री अब्दुल खानले खासगरी पछिल्लो समय सिमेण्ट तथा डण्डीमा अस्वभाविक रुपमा मुल्य बृद्धी प्रति धेरैको चासो रहेको र समितिले त्यसबारे पनि गहन अध्यन गरी सरकारलाई यथार्थता जानकारी गराउने बताए । पाँच दिने स्थलगत अध्यनकोलागी ५ जना संसद र उपभोक्ता अधीकार कर्मी सहीत समिति स्थलगत अध्यनकोलागी यहाँ आएको हो । टोलिमा समितिका सदस्य एवं संसद रमा कोईराला पौडेल, कान्तिका सेजुवाल, हेम राज राई, रणेन्द्र बराली, रेखा यादाव, रुकमणी राना, गणेस पराजुली र उपभोक्ता अधीकार कर्मी प्रेमलाल महर्जन रहेका छन ।

    समितिले यस क्षेत्रमा रहेका मुख्य भन्सार, बुटवल धागो कारखाना, बिषेस आर्थीक क्षेत्र, सिमेण्ट तथा डण्डी उद्योगहरुको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ । स्थलगत अनुगमन एवं सरोकारवालाहरुसगं छलफल गरी समस्याको जड पत्ता लगाई समाधानका उपाय सहित सरकारलाई आफ्रनो प्रतिवेदन दिने समितिका सभापति खानले जानकारी दिए ।

    अस्वभाविक रुपमा यसैबिच सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँनले बिहिबार समितिसगं भेट गरी यस क्षेत्रमा रहेका उद्योग, वाणिज्य, श्रम तथा मुल्य बृद्धीका कारण उपभोत्तामा परेको असरबारे जानकारी गराएका छन । उनले पछिल्लो समय अस्वभाविक रुपमा भैरहेको मुल्य बृद्धीले उपभोत्ताहरु मरमा परेको उल्लेख गर्दै मुल्यबृद्धी नियन्त्रणकालागी सघिंय सरकारले ठोस कदम चाल्नु पर्ने बताए ।



    lumbinisanjal   
  • २०८२ बैशाख ४, बिहीबार ११:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP