• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लेखा समुह रुपन्देहीको अधिबेशन सम्पन्न, अध्यक्षमा देव बहादुर घर्ती चयन

    • lumbinisanjal
    • २०८१ फाल्गुन ४, आईतवार ०९:३२
    2.9K
    SHARES
    लेखा समुह रुपन्देहीको अधिबेशन सम्पन्न, अध्यक्षमा देव बहादुर घर्ती चयन

             लेखा समुह रुपन्देहीको अध्यक्षमा घर्ती, उपाध्यक्षमा ज्ञवाली , सचिवमा गैरे र कोषाध्यक्षमा भट्टराई सर्वसम्मत निर्वाचित ।

    बुटवल , ४ फाल्गुण । लेखा समुह रुपन्देहीको साधारण सभा ,अधिबेशन तथा बनभोज सम्पन्न भएको छ । अधिबेशनले रुपन्देहीको अध्यक्षमा देव बहादुर घर्तीलाई सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत निर्वाचित समुहको उपाध्यक्षमा हरी ज्ञवाली सचिवमा ओमेश कुमार गैरे कोषाध्यक्षमा मधु प्रसाद भट्टराई सह -सचिबमा सिता मरासिनी सदस्यहरुमा चन्दन अर्याल , प्रकाश पौडेल , शोभाखर ज्ञवाली , प्रदिप लम्साल , मनोज भट्ट , गोकर्ण कट्टेल निर्वाचित भएका छन् । 

    अधिबेशनमा लेखा समुहका संरक्षकद्वय रुपन्देहीका प्रमुख कोष नियन्त्रक मञ्जु कुमारी जैशी ढकाल र प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लेखा समुह पश्चिम नवलपरासीका अध्यक्ष कैलाश राणा , लेखा समुहमा आवद्ध सदस्य , रुपन्देहीका बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि , ट्रेड युनियनकर्मीहरुको उपस्थिती रहेको समुहका उपाध्यक्ष हरी ज्ञवालीले लुम्बिनी सञ्जाललाई बताउनुभयो ।

     



    lumbinisanjal   
  • २०८१ फाल्गुन ४, आईतवार ०९:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP