• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार ०९:४२
    585
    SHARES
    ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

    काठमाडौँ ,१५ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर हुने भएको छ । ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार सर्वोच्चमा निवेदन दिन लागेकी हुन् ।

    गत शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो । जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको घटनामा दोषी ठहर गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयलगत्तै ओलीसँगै तत्कालीन र गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् ।

    ओली पक्षका कानुन व्यवसायीहरूले अदालतको पक्राउ पुर्जी बिना ‘अत्यधिक जरुरी’ भन्दै गरिएको पक्राउलाई कार्यपालिकाको स्वेच्छाचारिता र राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । रिट निवेदनमा पक्राउ प्रक्रिया त्रुटिपूर्ण रहेको र हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नभएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरिने बुझिएको छ ।

    सरकारले भने आयोगको प्रतिवेदनका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको दाबी गरेको छ । ओलीलाई स्वास्थ्य परीक्षणपछि शिक्षण अस्पताल राखिएको छ भने लेखकलाई महाराजगञ्च प्रहरी गणमा राखिएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार ०९:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP