• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार ०७:२९
    962
    SHARES
    ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

    काठमाडौं ,१५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज (चैत १५) अदालत पेस गरिँदै छ । ओली र लेखक दुवै शनिबार पक्राउ परेका हुन् ।

    शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ ।

    एमालेका अध्यक्ष ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।

    प्रतिवेदन कार्यान्वयन गर्न सरकारले निर्णय गरेलगत्तै दोषी ठहर भएका ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार ०७:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP