• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    खैरेनी–भार्से सडक चैत १९ गतेसम्म बन्द

    • lumbinisanjal
    • २०८२ चैत्र ६, शुक्रबार १०:३६
    884
    SHARES
    खैरेनी–भार्से सडक चैत १९ गतेसम्म बन्द

    गुल्मी, ६ चैत । गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्डअन्तर्गत खैरेनी बजार क्षेत्र सडक पूर्ण रुपमा बन्द गरिएको छ। बिहीबारदेखि चैत १९ गतेसम्म खैरेनी बजारदेखि भार्से चोकसम्मको सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

    स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय रुपन्देहीको पत्रानुसार सत्यवती गाउँपालिकाअन्तर्गत खैरेनी बजारस्थित जुम्दी पुलको जग खन्नुपर्ने भएको कारण सडक बन्द गरिएको हो। सो सडक चौबिसै घण्टा सवारी आवागमन बन्द भएको बताइएको छ। खैरेनी बजारको जुम्दी पुलदेखि भार्से चोकसम्मको सडक खण्ड पूर्णरूपमा बन्द रहने निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।

    निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रुपमा समयमै सम्पन्न गर्नका लागि सवारी आवागमन रोक्नु परेको हो। सडक बन्द अवधिभर सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गको रुपमा खैरेनी बजार जुम्दी पुलदेखि सत्यवती मावि–अँगारे खोला–स्वास्थ्य केन्द्र हुँदै भार्से चोकमा जोडिने सडक प्रयोग गर्न आग्रह गरिएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र ६, शुक्रबार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP