• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

    • lumbinisanjal
    • २०८२ फाल्गुन २८, बिहीबार १५:०७
    702
    SHARES
    ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

    बुटवल, २८ फागुन । नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको तुलना तत्कालीन पञ्चायत शासकसँग गरेका छन् ।

    गत फागुन २१ को चुनावअगाडि एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीबीच उपाध्यक्ष विष्णु पौडेलसहितले रोकेका उनले बिहीबार अध्यक्ष ओलीप्रति कटाक्ष गरेका हुन् ।

    रोचक त के छ भने रास्वपा जान रोक्ने पौडेल रुपन्देही २ र घिमिरे रुपन्देही ३ मा लज्जास्पद हार भोग्न बाध्य भए । चुनावअघि घण्टौँ लामो वार्ता गरेर एमालेमै रोकिएका घिमिरे नमिठो पराजयपछि निराश देखिन्छन् ।

    उनले त्यही निराशाबीच बिहीबार सामाजिक सञ्जालमा ओलीको तुलना पञ्चायती शासकसँग गरेका हुन् । पञ्चायत ढल्ने बेला पनि अहिलेको जस्तै रटान लगाउने गरेको उनले बताएका छन् ।

    घिमिरेले यो चुनावमा जमानतसमेत जोगाउन सकेनन् । उनले त्यसबेला पञ्चहरूले ‘सबै ठीक छ, महाराज’ भन्ने गरेको स्मरण गरेका छन् । अहिले पनि एमालेमा त्यस्तै कार्यकर्ता हावी भएको भन्दै उनले व्यंग्य कसेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही- ‘सबै ठीक छ, महाराज’, उनले लेखेका छन् ।

    घिमिरेलाई रुपन्देही ३ को टिकट दिँदै उपाध्यक्ष पौडेलले एमाले केन्द्रीय सदस्य बनाउने पनि बचन दिएका थिए । तर अब उनी अध्यक्ष ओलीविरुद्ध कडा शब्दसहित उत्रिएका छन् । उता उपाध्यक्ष पौडेल पनि ओलीलाई बिदा गरेर पार्टी पुनर्गठन अभियानमा छन् ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २८, बिहीबार १५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP