• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    इन्टलेक्च्युअल एकेडेमीमा ‘The Leader Voice’ : विद्यार्थीका जिज्ञासामा जिल्ला न्यायाधिवक्ता मरासिनी

    • lumbinisanjal
    • २०८२ फाल्गुन १४, बिहीबार १७:५०
    2K
    SHARES
    इन्टलेक्च्युअल एकेडेमीमा ‘The Leader Voice’ : विद्यार्थीका जिज्ञासामा जिल्ला न्यायाधिवक्ता मरासिनी

    बुटवल, १४ फागुन । बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमी मा विद्यार्थीहरूको सक्रियतामा ‘The Leader Voice : भोलिको नेतृत्व : आजको जिज्ञासा’ शीर्षक विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीसँग निर्वाचन, मताधिकार र कानुनी शासनका विविध पक्षमा अन्तरक्रिया गरिएको थियो।
    विद्यार्थी पृन्स कार्कीले कार्यक्रमको उद्देश्य प्रस्ट पार्दै स्वागत गरेपछि सुरु भएको संवाद सत्रमा छात्रा अप्सना पराजुलीले मोडरेटरको भूमिका निर्वाह गरेकी थिइन्।

    विद्यार्थी सौरब केसीले मताधिकारको उमेरसम्बन्धी प्रश्न राख्दा अन्य सहभागीहरूले निर्वाचनका क्रममा देखिने विकृति र त्यसविरुद्धको कानुनी प्रक्रियाबारे जिज्ञासा व्यक्त गरेका थिए।
    प्रश्नहरूको जवाफ दिँदै जिल्ला न्यायाधिवक्ता मरासिनीले सचेत नागरिकले हाल्ने एक मतले देशको पाँच वर्षको दिशा तय गर्ने उल्लेख गर्नुभयो। “नेता हुन ठूलो डिग्री मात्र पर्याप्त हुँदैन, चरित्र, इमानदारी र विधिको सम्मान गर्ने संस्कार आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “कानुन बुझेको र विधिको शासनलाई आत्मसात् गर्ने नेतृत्वले मात्र देशलाई सही बाटोमा अघि बढाउन सक्छ।”

    कार्यक्रमको विशेषताबारे जानकारी दिँदै विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले यसपटक शिक्षकहरू नभई विद्यार्थीहरूले नै संयोजन, सञ्चालन र संवादको सम्पूर्ण जिम्मेवारी सम्हालेको बताउनुभयो। “यो उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमताको उदाहरण हो,” उहाँले भन्नुभयो।

    विपिना पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द मरासिनी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संयोजक माया पौडेल तथा प्रि–प्राइमरी संयोजक मन्जु पराजुलीको उपस्थिति रहेको थियो। सूर्यान्स न्यौपानेको समन्वय र स्मृद्ध खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्स बगाले मगरले धन्यवाद ज्ञापन गरेका थिए।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १४, बिहीबार १७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP