• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल–९ मा युवाको लहर : विभिन्न पार्टी त्याग्दै काँग्रेस प्रवेश, ‘चुन्न’ लाई जिताउने प्रतिबद्धता

    • lumbinisanjal
    • २०८२ फाल्गुन १२, मंगलवार ०७:४९
    1K
    SHARES
    बुटवल–९ मा युवाको लहर : विभिन्न पार्टी त्याग्दै काँग्रेस प्रवेश, ‘चुन्न’ लाई जिताउने प्रतिबद्धता

    बुटवल, १२ फागुन । बुटवल उपमहानगरपालिका वडा नं. ९ का दर्जनबढी युवाहरू विभिन्न राजनीतिक दल परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। बदलिएको नेपाली काँग्रेसमा आशा र भविष्य देखेर आफूहरू नेपाल तरुण दलमार्फत पार्टी प्रवेश गरेको उनीहरूले बताएका छन्।

    आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई विजयी गराउने अभियानका साथ पार्टीमा आवद्ध भएको उनीहरूको भनाइ छ। युवाहरूले अब विचार, संगठन र विकासको स्पष्ट मार्गचित्रसहित काँग्रेस अघि बढेको दाबी गरेका छन्।

    नेपाल तरुण दल वडा समितिको आयोजनामा भएको कार्यक्रममा तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जिवी जोशी र नेता जनक कोईरालाले नवप्रवेशी युवाहरूलाई पार्टीमा स्वागत गरेका थिए।

    नेपाल तरुण दल वडा समितिका सभापति शिव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सचिव चिरञ्जिवी जोशी, कांग्रेस नेता जनक कोईराला, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य ईञ्जिनीयर कुशुमराज ज्ञवाली,  तरुण दल क्षेत्रीय सभापती हसन्त लामा ,तरुण दल बुटवल नगर सभापति सुजन पुन, नेपाली काँग्रेस बुटवल–९ का सभापति प्रदीप श्रेष्ठ, आशिष भण्डारीलगायतले युवाहरूको बढ्दो आकर्षणले रुपन्देही–२ मात्र होइन, देशभर काँग्रेसको पक्षमा सकारात्मक माहोल निर्माण भइरहेको बताएका थिए।

    उनीहरूले युवाशक्तिको साथ र सक्रियताले निर्वाचनमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १२, मंगलवार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP