• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    घरेलु कार्यालय रुपन्देहीद्वारा देवदह बजारमा अनुगमन, अखाद्य वस्तु बरामद गरी नष्ट

    • lumbinisanjal
    • २०८१ चैत्र १८, सोमबार १६:३५
    1.4K
    SHARES
    घरेलु कार्यालय रुपन्देहीद्वारा देवदह बजारमा अनुगमन, अखाद्य वस्तु बरामद गरी नष्ट

    बुटवल १८ चैत । देवदह नगरपालिका अन्तरगत देवदह र चरगगेका बजारमा खाद्य अनुगमन गरिएका छ ।घरेलु तथा साना कार्यलय रुपन्देहीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिदार्थनगर भैरहवा,ईलाका प्रशाशन कार्यलय बुटबल संञ्चारकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले देवदह र चरगेका बजारका किराना पसल, होटल तथा मिष्ठान्न भण्डारको अनुगमन गरेको हो ।

    अनुगमन गर्ने क्रममा भेटिएका विभिन्न अखाद्य पदार्थ जफत गर्नुका साथै सुधारका लागि निर्देशन दिइएको घरेलु तथा साना कार्यलय रुपन्देहीका बरिष्ठ उद्योग अधिकृत मोहन परियाले बताउनु भयो । उहाले आम उपभोक्ताको स्वास्थ्य जोखिम कम गर्न, स्वच्छता सुनिश्चित गर्न, कानूनी नियमहरूको पालन गराउन, र बजार भाउको भन्दा बढी छ कि छैन भन्ने मूल्य नियन्त्रण गर्ने उदेश्यका साथ घरेलु तथा साना उद्योग कार्यलयको नेतृव्वमा संयुक्त अनुगमन गरिएको बताउनु भयो ।उहाले अनुगमनलाई निरन्तरता दिने समेत बताउनु भयो ।

    टोलीले देवदह क्षेत्रका होटल किराना पसल डेरी तथा अन्य खाद्यान्य पसलहरुको अनुगमन थप व्यवस्थापनका लागि सुझाव र म्याद गूजे्रेका समान नष्ठ गरिएको परियारले बताउनु भयो।

    अनुगमनमा बिभिन्न पसलबाट म्याद पाउरोटी बिस्कुट साबुन किसमीस ल्याड सुकमेल दालमोठ बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यलय भैरहवाका शाखा अधिकृत राज कुमार घिमिरेले बताउनु भयो ।

    अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिदार्थनगर भैरहवा अधिकृत हिमलाल भुसाल ईलाका प्रशाशन कार्यालय बुटबलका प्रतिनिधि राम प्रसाद शर्मा,,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयकी भैरहवाकी सोनीला गौतम,प्रहरी चौकी खैरेनिका प्रहरी सहायक निरीक्षक दिपेन्द्र सिह थापा घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका टीकाराम पाण्डे,भरत चौधरी, पत्रकार चन्द्रकान्त खनाल लगायतको सहभागीतामा अनुगमन गरिएको थियो । अनुगमनलाई तिब्रता दिएसैग आम उपभोक्तामा सचेत हुदै गएको र यस्ता कार्यलाई निरन्तर दिनुपर्ने उपभोक्ताहरुले बताएको कार्यलयले जनाएको छ।

     

     



    lumbinisanjal   
  • २०८१ चैत्र १८, सोमबार १६:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP