• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

    • lumbinisanjal
    • २०८२ फाल्गुन ९, शनिबार ००:२२
    585
    SHARES
    घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

    बुटवल, ९ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदबारहरु घरदैलोमा ब्यस्त छन । केही ठुला उम्मेदबारहरु सुखसयल बिसाएर आम नागरिकसंगै खाने, उनिहरुलाई काममा सघाउने जस्ता प्रचारका काम गरिरहेका छन । यस्तोमा रुपन्देहीका उम्मेदबार पनि आफनो निर्वाचन क्षेत्रको घरघर पुग्ने प्रचार गर्ने मात्र नभई संघसंस्था, मठमन्दिरमा मत माग्न हिडेका समाचारहरु प्रकाशनमा आएका छन ।

    यस्तोमा शान्त र प्रविधिमैत्री प्रचारमा छन उज्यालो नेपाल पार्टीका युवा उम्मेदबार ईन्जिनियर सुरज पाण्डे । रैथाने उनि भड्किलो प्रचारभन्दा पनि सरल र सादगीपूर्ण तर प्रविधिमैत्री प्रचारमा छन । उनि सामाजिक संजालमा आफना आठ मुख्य एजेण्डाको भिडियो तयार गरेर प्रस्तुत गरेका छन ।

    उनको यो प्रचार शैली अहिले धेरैलाई नौलो तर उत्कृष्ट लागेको छ । घरदैलोमा रहेका उनि बुधबारदेखि भने फेरि फरक ढंगमा भेटिए । बुधबार भाटभटेनी नजिक भएको कोणसभामा उनले डिजिटल भिडियो डिस्प्लेमार्फत पार्टीको घोषणापत्र र यो क्षेत्रको विकासमा बुनेका योजनाहरु प्रस्तुत गरे ।

    धेरै मतदाताहरु उनको यो काममा आर्कषित भए । एक हप्ता उनि आफनो निर्वाचन क्षेत्रको बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा नगरपालिकाका मुख्य चोकहरुमा यसरी नै आफनो कुरा सुनाउदै हिडेका छन ।

     



    lumbinisanjal   
  • २०८२ फाल्गुन ९, शनिबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP