• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    कार्यसम्पादनमा बुटवलको दबदबा : ११ उपमहानगरमध्ये पहिलो, इटहरी सबैभन्दा कमजोर

    • lumbinisanjal
    • २०८२ माघ २९, बिहीबार २०:३८
    6.1K
    SHARES
    कार्यसम्पादनमा बुटवलको दबदबा : ११ उपमहानगरमध्ये पहिलो, इटहरी सबैभन्दा कमजोर

    बुटवल, २९ माघ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका उत्कृष्ट बनेको छ। आयोगद्वारा बिहीबार सार्वजनिक नतिजाअनुसार बुटवलले ६४.४४ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।
    मूल्यांकनमा इटहरी उपमहानगरपालिका भने ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ।

    दाङका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक प्राप्त गर्दै राम्रो प्रदर्शन गरेका छन्। धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

    आयोगले स्थानीय तहको कार्यसम्पादन मापन गर्न कुल १७ वटा सूचक प्रयोग गरेको थियो। ती सूचकमा बजेट असारभित्र सार्वजनिक तथा पारित नगरेको अवस्था, आव २०८१/८२ मा उठेको घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करमध्ये ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे–नगरेकोजस्ता वित्तीय पक्ष समेटिएका छन्।

    त्यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाएको वा नबुझाएको, बजेट समीक्षा, राजस्व परिचालनको अवस्था, बजेट खर्च, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसइई परीक्षाको नतिजा तथा खोप लगाएका बालबालिकाको अनुपातसमेत मूल्यांकनका आधार बनेका छन्।
    आयोगका अनुसार देशभर ८० अंक कटाउने स्थानीय तह चारवटा मात्र रहेका छन्, जसमध्ये अधिकांश पश्चिम नेपालका क्षेत्रबाट पर्नु उल्लेखनीय देखिएको छ।



    lumbinisanjal   
  • २०८२ माघ २९, बिहीबार २०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP