• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रेस काउन्सिलको निर्देशनपछी कान्तिपुरको ‘एप्रुभल रेटिङ’ कार्यक्रम बन्द

    • lumbinisanjal
    • २०८२ माघ १९, सोमबार १७:३५
    1.3K
    SHARES
    प्रेस काउन्सिलको निर्देशनपछी कान्तिपुरको ‘एप्रुभल रेटिङ’ कार्यक्रम बन्द

    काठमाडौँ,१९ माघ । प्रेस काउन्सिल नेपालको अनुगमन, अग्रसरता र चासोपश्चात निर्वाचनलाई प्रभावित गर्ने गरी कान्तिपुर मिडियाले सञ्चालन गर्दै आएको ‘एप्रुभल रेटिङ’ कार्यक्रम बन्द गरिएको छ।

    निर्वाचनको संवेदनशील समयमा सार्वजनिक मतलाई असर पार्ने खालका सामग्री प्रकाशन तथा प्रसारणप्रति चासो व्यक्त गर्दै प्रेस काउन्सिलले पत्रकारिता आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएपछि उक्त कार्यक्रम रोकिएको हो।

    प्रेस काउन्सिलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता तथा पत्रकारिता मूल्य–मान्यताको पूर्ण पालना गर्नुपर्ने स्पष्ट गरेको छ। काउन्सिलले जिम्मेवार र सन्तुलित पत्रकारितामार्फत लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आग्रह पनि गरेको छ।

    साथै काउन्सिलले विभिन्न युट्युव च्यानल , फेसवुक लगायतमा कसलाई जिताउने लगायतका प्रश्न सोध्न पनि सवै सञ्चारजगत र सञ्चारकर्मीमा अनुरोध गरेको काउन्सिलका सदस्य नकुल अर्यालले बताए ।



    lumbinisanjal   
  • २०८२ माघ १९, सोमबार १७:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP