• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रवि र छविको पेसी स्थगित

    • lumbinisanjal
    • २०८२ मंसिर ५, शुक्रबार १०:४०
    1.8K
    SHARES
    रवि र छविको पेसी स्थगित

    बुटवल, ०५ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा बिहीबारका लागि तोकिएको पेसी स्थगित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा तोकिएको पेसी रविका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको हो ।

    बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गर्नुभएको थियो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रविका कानुन व्यवसायीका तर्फबाट बिहीबारको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको जानकारी दिनुभयो ।

    यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल मुद्दाको मिसिल मगाउने आदेश दिएको थियो । मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि बिहीबारका लागि पेसी तोकिएको थियो । यसअघि कात्तिक २० गतेको सुनुवाइमा पनि न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो ।

    त्यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरेको थियो । बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले निवेदन दिएकोमा उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । त्यसअघि उच्च अदालत तुलसीपुर इजलासले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । रवि पक्षका कानुन व्यवसायीले मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले बुटवलको पेसी स्थगित गर्न निवेदन दिएको जनाएका छन् ।



    lumbinisanjal   
  • २०८२ मंसिर ५, शुक्रबार १०:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP