• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप

    • lumbinisanjal
    • २०८२ मंसिर १२, शुक्रबार २३:४१
    2.3K
    SHARES
    आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप

    काठमाडौँ,१२ मंसिर । पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। आफ्नै गाउँका महिलाहरुले उनीमाथि हातपात गरेको आरोप छ।

    राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि अन्य महिलाले उनीमाथि हातपात गरेका थिए।

    उनले पनि आफूमाथि हातपात भएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने चेतावनी पनि दिएकी छन्। उनले आफूमाथि हातपात गर्नेहरू माओवादीका कार्यकर्ता भएको आरोप लगाएकी छन्।

    ‘मलाई कुट्ने माओवालीका कार्यकर्ता हुन्। सबैलाई मैले चिनेकै छु। मलाई लछारापछार पारे। मेरो घुँडामा चोट लागेको छ,’ उनले भनिन्, ‘मेरो मंगलसुत्र पनि हरायो लुटेर लगे।’ उनले आफूमाथि कुटपिट भएको र गहना हराएको बारे स्थानीय प्रहरी चौकीमा उजुरी दिइसकेको पनि बताइन्। उनले मात्रै होइन अन्य महिलाहरूले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिइसकेका छन्।

    जग्गाको सीमा विवादमा उनी र उनका छिमेकी बीच विवाद हुदा हात हालाहालको अवस्था आएको हो ।



    lumbinisanjal   
  • २०८२ मंसिर १२, शुक्रबार २३:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP