• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गृहमन्त्रीलाई चेम्बर अफ कमर्स रुपन्देहीको ज्ञापनपत्र , सुरक्षाको प्रत्याभूतिसहित सातबुँदे माग

    • lumbinisanjal
    • २०८२ मंसिर ९, मंगलवार १२:४७
    1.8K
    SHARES
    गृहमन्त्रीलाई चेम्बर अफ कमर्स रुपन्देहीको ज्ञापनपत्र , सुरक्षाको प्रत्याभूतिसहित सातबुँदे माग

    भैरहवा, ८ मंसिर । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले विभिन्न सात बुँदे माग राख्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । संस्थाको टोलीले सोमबार गृहमन्त्री अर्यालसँग भैरहवामा भेटघाट गरी ज्ञापनपत्र बुझाएको हो ।

    संस्थाले निजी क्षेत्रका उद्योग, होटल तथा व्यापारी घरानाले असुरक्षित महसुस गरेकोले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, खुल्ला सीमा रहेको लामो क्षेत्रहरुबाट भारतदेखि धेरै सामानहरु भित्रिने हुँदा नेपालतिरका व्यवसायीहरुको व्यापारमा असर पर्ने भएकाले कडाइ गर्नुपर्ने माग राखेको छ ।

    त्यस्तै बेलहिया भन्सार विन्दुबाट धेरै गाडीहरुमार्फत नेपालमा सामान ल्याउने हुँदा भारतभरी लामो दुरी पार गरी आएका लोडेड गाडीहरु ओभरलोडको बहानामा दुःख दिने गरिएकाले ठुला मेशिनरी मार्बल्स, टायल्स, सिसाजन्य सामग्रीका लोड गाडीहरु अनलोड गर्न नसकिने भएकोले गन्तव्यसम्म आउन दिनुपर्ने माग राखिएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले बताउनुभयो ।

    पछिल्लो दिनहरुमा चोरी, लुटपाट जस्ता घटनाहरु बढिरहेकोले शान्ती सुव्यवस्था कायम हुनुपर्ने, निजी क्षेत्रले उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आयोजना गर्ने मेला महोत्सवहरुमा सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने संस्थाको माग छ ।

    त्यसै गरी भारतीय पर्यटकहरु आउँदा यहाँको व्यापार चलायमान हुने भएकोले भारतीय पर्यटकहरु आएका गाडी ठाउँठाउँमा चेकजाँच गरी दुःख दिने गरिएकोले एक ठाउँमा सम्पूर्ण गाडी, कागजात तथा आवश्यक सामग्रीहरु चेकजाँच गरि हरियो स्टिकर टास गरि पठाउनेपर्ने माग राखिएको संस्थाका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।

    भारतीय पर्यटकहरु नेपालमा विशेष गरी क्यासिनो खेल्न, पैसा खर्च गर्न आउने भएकाले कम्तीमा १० लाख रुपैयाँ भारुसम्म बोकेर आउन दिनुपर्ने संस्थाले गृहमन्त्री अर्यालसँग माग राखेको छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर ९, मंगलवार १२:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP