• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    अध्यादेशलाई संसद्‍मा अघि बढाउने सत्तारुढ दलबिच सहमति

    • lumbinisanjal
    • २०८१ फाल्गुन ३, शनिबार ०९:१२
    2.7K
    SHARES
    अध्यादेशलाई संसद्‍मा अघि बढाउने सत्तारुढ दलबिच सहमति

    काठमाडौँ, ३ फाल्गुण । सत्तारुढ दलहरुले सरकारले जारी गरेको अध्यादेशलाई संसद्मा अघि बढाउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलको बैठकले सबै दलहरूसँग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय भएको हो ।

    संघीय संसद्मा रहेका सबै दलहरूसँग छलफल गरेर फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले अध्यादेशलाई पारित गर्नका लागि बहुमत पुग्ने दाबी गरे ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग फोनमा कुराकानी भएको र अध्यादेशमा समर्थन गर्ने सहमति भएको लेखकले बताए ।

    उनले भूमिसम्बन्धी अध्यादेश लगायत अन्य अध्यादेशमा देखिएका असन्तुष्टिलाई प्रतिस्थापन विधेयकमार्फत समाधान गरिने जानकारी दिए । उनले संविधान संशोधनका लागि कांग्रेस–एमालेले कार्यदल बनाएर चरणबद्ध रूपमा काम गर्ने उल्लेख गरे ।

    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले–कांग्रेसका अन्य नेता, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी थिए



    lumbinisanjal   
  • २०८१ फाल्गुन ३, शनिबार ०९:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP