• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको मुसिकोटमा जीप दुर्घटना: टिन खस्दा ४९ वर्षीय मीनबहादुर विकको मृत्यु

    • lumbinisanjal
    • २०८२ मंसिर १, सोमबार १०:१३
    2K
    SHARES
    गुल्मीको मुसिकोटमा जीप दुर्घटना: टिन खस्दा ४९ वर्षीय मीनबहादुर विकको मृत्यु

    गुल्मी, १ मङ्सिर । गुल्मीको मुसिकोट नगरपालिका–२ निस्तीमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतक निस्तीका ४९ वर्षीय मीनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    सदरमुकाम तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याब जीप निस्तीको ठाँटी नजिकै उकालोमा पुग्दा गाडीको हुटमा राखिएको टिन खसेर विकको टाउकोमा लागेको थियो । टिनले लागेर गम्भीर घाइते भएका विकको गुल्मी अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीका सूचना अधिकारी गंगाबहादुर सारुले बताए ।

    घटनापछि चालक प्रताप रायमाझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर १, सोमबार १०:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP