• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    पढ्दै कमाउँदै भविष्य निर्माण: न्यु लाइट कलेजको क्यारियर काउन्सिलिङ कार्यशाला सम्पन्न

    • lumbinisanjal
    • २०८२ चैत्र १२, बिहीबार ११:३०
    4K
    SHARES
    पढ्दै कमाउँदै भविष्य निर्माण: न्यु लाइट कलेजको क्यारियर काउन्सिलिङ कार्यशाला सम्पन्न

    बुटवल, १२ चैत। रुपन्देहीको मध्य भागमा अवस्थित न्यु लाइट कलेजले विद्यार्थीलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यसहित “पढ्दै कमाउँदै” अवधारणालाई अघि बढाउँदै क्यारियर काउन्सिलिङ कार्यशाला सम्पन्न गरेको छ।

    स्नातक तहका BBS र B.Ed अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजित उक्त कार्यशालाले विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप र करियर निर्माणको स्पष्ट दिशा प्रदान गरेको क्याम्पस प्रमुख रमेश ज्ञवालीले जानकारी दिनुभयो।

    कलेज व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका सहायक निर्देशक दीपक पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन, स्वरोजगार, तथा रोजगारी सृजनाका अवसरहरूबारे अनुभव र विचार प्रस्तुत गरेका थिए।

    प्रमुख अतिथि दीपक पराजुलीले वित्तीय साक्षरताको महत्व, नेपाल राष्ट्र बैंकका भूमिका तथा बैंकिङ क्षेत्रमा प्रवेश गर्ने उपायबारे स्पष्ट धारणा राख्नुभयो। त्यसैगरी, बुटवल हस्पिटल प्रालिका वित्तीय व्यवस्थापक सीए फर्सुराम भण्डारीले स्वरोजगार बन्न आवश्यक सीप, सोच र तयारीबारे आफ्ना अनुभव व्यक्त गर्नुभएको थियो।

    कार्यशालामा आईटी विज्ञ शिशिर ढकालले आधुनिक समयमा आईटीको अपरिहार्यता र BBS तथा B.Ed अध्ययनरत विद्यार्थीका लागि यसको प्रभावबारे रोचक प्रस्तुति दिनुभयो। साथै, सिनियर फार्मा मार्केटिङ विज्ञ कुसुम थामी मगरले रोजगार खोज्ने तरिका र बजार निर्माणका रणनीतिबारे महत्वपूर्ण सुझाव प्रस्तुत गर्नुभयो।

    करिब ५०० विद्यार्थीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले न्यु लाइट कलेज मोफसलमै रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन र “जव रिप्लेसमेन्ट”मा केन्द्रित संस्था भएको उल्लेख गर्नुभयो।

    अन्तरक्रियात्मक ढंगले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, रुचि र चुनौतीहरू खुलेर राखेका थिए। कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक शिव शर्मा, ज्योति गुप्ता तथा विद्यार्थी सिमरन बोहोराले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८२ चैत्र १२, बिहीबार ११:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP