• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    शेखर कोइरालाद्वारा काँग्रेस महाधिवेशन कार्यतालिका विषयमा सभापतिहरूसँग छलफल

    • lumbinisanjal
    • २०८२ कार्तिक २१, शुक्रबार १२:२४
    2K
    SHARES
    शेखर कोइरालाद्वारा काँग्रेस महाधिवेशन कार्यतालिका विषयमा सभापतिहरूसँग छलफल

    काठमाडौँ ,२१ कार्तिक । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद तथा १५ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गरेका छन्। उनले विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा काठमाडौँका जिल्ला तथा पूर्वजिल्ला सभापतिहरूसँग बैठक गरेका हुन्।

    गत केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए। ती दुई प्रस्तावबीच मिलनबिन्दु खोज्ने विषयमा कोइरालाले छलफल गरेका हुन्।

    छलफलमा केन्द्रीय सदस्यहरू प्रा.डा.गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ पनि उपस्थित थिए । त्यस्तै मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल, सिन्धुलीको मोहन बरालसहित उपस्थित थिए ।

    भेलामा गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रसाद सेन, कास्कीका पूर्वसभापति यज्ञबहादुर थापासहितका नेताहरू पुगेका थिए ।

    सभापतिहरूले आगामी निर्वाचनलाई ध्यानमा राखी सहमतिमा नियमित महाधिवेशन गर्ने वातावरण बनाउन सुझाव दिएका थिए। अधिकांश सभापतिहरूले पुसभित्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए भने थापाले पेस गरेको कार्यतालिका अपूर्ण रहेको भन्दै पूर्ण कार्यतालिका ल्याउन माग गरेका थिए।



    lumbinisanjal   
  • २०८२ कार्तिक २१, शुक्रबार १२:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP