• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको भाउ बढ्यो

    • lumbinisanjal
    • २०८२ कार्तिक १६, आईतवार १०:५६
    2.7K
    SHARES
    सुनको भाउ बढ्यो

    बुटवल ,१६ कार्तिक । आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

    अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १६, आईतवार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP